कान्ति अस्पताल जटिल समस्यामा, स्वास्थ्य मन्त्रालय बेखबर

काठमाडौं । विशेष गरी बालबालिकाहरुको स्वास्थ्य उपचारका लागि स्थापना गरिएको पुरानो र पहिलो केन्द्रिय सरकारी अस्पताल भनेको कान्ति महाराजगञ्जमा अवस्थित बाल अस्पताल हो । यस अस्पतालमा देशको विभिन्न ठाउँबाट बालबालिकाहरुको उपचारका लागि मानिसहरु आउने गर्दछन् । कान्ति अस्पतालले सेवासुविधाहरु नागरिकलाई प्रदान गर्न थालेदेखि विभिन्न समस्यामा उल्झिँदै आइरहेको छ ।
हाल अस्पतालमा पर्याप्त चिकित्सक नहुनु र भएका कर्मचारीहरुले तलबसमेत पाउन सकेको छैन । अस्पतालको यस्तो जटिल समस्यामा रहिरहँदा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराउँदा पनि कुनै किसिमको चासो दिएको छैन । अस्पतालमा ३९ जना चिकित्सकको दरबन्दी रहेपनि चिकित्सक भने ५ जना मात्रै कार्यरत रहेको अस्पतालका सूचना अधिकारीले बताए । अधिकारी रमेशनरसिंह केसीका अनुसार पछिल्लो ११ वर्षदेखि चिकित्सक अभाव हुँदै आएता पनि स्वास्थ्य मन्त्रालयले चिकित्सकको व्यवस्था नगरेको बताए । विभिन्न रोगका बिरामीहरुको उपचार गर्नको लागि समेत चिकित्सक नभएको र रोगको प्रकृति हेरी उपचार गराउनका लागि अस्पतालमा आइसियुको सुविधा समेत पर्याप्त संख्यामा नभएको बताउँछन् । यो समस्यासँगै अस्पतालमा कार्यरत कर्मचारीले त अझ तलब समेत नपाउने स्थिति सिर्जना भएको छ । यतिसम्म हुँदा पनि सम्बन्धित स्वास्थ्य मन्त्रालयले कुनै पनि चासो देखाएका छैनन्, बेखबर बनी बसिरहेका छन् ।
अस्पतालको व्यवस्थापन र उपचार सेवा कमजोर हुँदै जाँदा देशभरबाट रिफर भएर आएका गरिब विपन्न बिरामीहरु महंगो पैसा तिरेर निजी अस्पतालमा जान बाध्य भएका छन् । यस विषयमा सम्बन्धित निकाय स्वास्थ्य मन्त्रालयको ध्यान जान जरुरी छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भारतीय नागरिकलाई नागरिकता बनाएको आरोपमा वडा सचिवमाथि मुद्धा

काठमाडौं । विराटनगर महानगरपालिका १ की वडा सचिव पुष्पा तिम्सिनाले भारतीय नागरिकलाई नागरिकताको सिफारिस गरिदिएको ...