26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

परिवर्तित हुँदै आप्रवासी नियम

अस्ट्रेलिया । अस्ट्रेलियामा बढ्दै गएको जनसंख्याको चापलाई कम गर्न आप्रवासी नियमलाई परिवर्तन गर्ने तयारी गरेको छ ।
अस्ट्रेलिया आउने विदेशी नागरिकहरुले लामो समयसम्म ‘रिजनल एरिया’ दुर्गम क्षेत्रहरुमा बस्नुपर्ने प्रस्तावित नियममा तयार गरिएको छ । जनसंख्यामन्त्री एलन टुजले एक कार्यक्रममा सिड्नी, मेलबर्न र ब्रिसबन लगायतका ठूला सहरहरुमा जनसंख्याको चापलाई कम गर्नका लागि यो परिवर्तन आवश्यक भएको बताए ।
उक्त परिवर्तित नियमले ठूला सहरहरुमा बढिरहेको जनसंख्याको चापलाई कम गर्न निकै सहयोग पु¥याउने टुजले दाबी गरेका छन् । अस्ट्रेलियाले केही समय पहिले दक्ष कामदारहरुलाई दिदै आएको ४५७ भिषालाई परिवर्तन गरेको गर्दै अस्ट्रेलियाको नागरिकता लिन पाउने योग्यताका बारेमा समेत परिवर्तन गर्ने जनाइएको छ ।
त्यस्तै अध्ययनका लागि आउने विदेशी विद्यार्थीहरुलाई पनि दुर्गम क्षेत्रमा पठाउने योजना रहेको त्यस ठाउँका बासिन्दाहरु बताउँछन् । तथ्यांक अनुसार अस्ट्रेलियाले वार्षिक रुपमा १ लाख ९० हजार आप्रवासीहरुलाई भित्र्याउने गरेको जनाइएको छ । दुर्गम भेगमा गएर बसोबास गर्दा स्थायी अनुमतिका लागि थप अंक समेत प्रदान गर्ने गरेको अस्टे«लियाले जनाएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

76 died in a single day due to Corona virus

Kathmandu : At least 76 people have died in Australia on the same day. Most ...

Translate »
%d bloggers like this: