बसले ठक्कर दिँदा दुईको मृत्यु

धनगढी । कैलालीको गोदावरी नगरपालिका १ स्थित बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
टीकापुरबाट अत्तरियातर्फ आउँदै गरेको ना ५ ख ८०४९ नम्बरको बस र विपरीत दिशाबाट गुडिरहेको से ५ प ७५३६ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिँदा मृत्यु भएको हो । मृत्यु हुनेमा गोदावरी नगरपालिका ६ का २८ वर्षीय हेमन्त साउद र २६ वर्षीय विक्रम खड्काको मृत्यु भएको छ ।
साउद र खड्कालाई अत्तरियास्थित पदमा अस्पतालबाट भारतको बरेली उपचारका लागि लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

झडपमा प्रहरीसहित तीन जना घाइते

धादिङ । सबैभन्दा ठूलो एकादशी जात्राको मेलामा गोरखा र धादिङका समूहबीच झडप भएको छ । ...