26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

नेपालस्थित रअको स्टेशनमा परिवर्तन

काठमाडौं । नेपालमा बामपन्थी सरकारको दबदबा बढ्न थालेपछि भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) ले आफ्नो स्टेशनमा ठूलो परिवर्तन गरेको छ ।
‘रअ’ को नेपाल स्टेशनका दोस्रो तहका पी.डी. छिरिङलाई सरुवा गरिएको छ । छिरिङको स्थानमा स्टालिन बाबु चिट्कुलेलाई ‘रअ’ को मुख्यालयले काठमाडौं पठाएको स्रोतले बताएको छ । चिट्कुले काठमाडौं आएर रअको मुख्यालयको गति तीव्रताका साथ अगाडि बढाएको छ । नेपालको आन्तरिक राजनीतिक गतिविधि, सूचना संकलन, एजेन्ट परिचालन, नेपालमा भारतविरुद्ध हुने गतिविधि आदिमा सुक्ष्म ढंगले अनुसन्धान शुरु गरेको उच्च स्रोतले जनाएको छ । नेपाल नीतिमा भारतको भूमिका कमजोर भएको भन्दै आलोचना गरेपछि दिल्लीस्थित ‘रअ’ को मुख्यालयले काठमाडौं स्टेशनका प्रमुख विवेक जोहरीलाई फिर्ता बोलाएर उनको ठाउँमा अभिजित हल्दरलाई पठाइएको थियो ।

हल्दर काठमाडौं आएसँगै रअको गतिविधि झन सक्रिय भएको छ । नेपालको राजनीतिमा के–के हुन्छ, त्यसको गतिविधिको सूचना मात्रै संकलन गर्न रअलाई भनिएको स्रोतले जनाएको छ । नेपालमा चीनले बढाउँदै गएको माइक्रो म्यानेजमेन्टप्रति भारतलाई चिन्ताको विषय बनेपछि रअ नेपाल स्टेशनमा फेरबदल गरिएको देखिन्छ । भारतले रअमार्फत नेपालमा आफ्ना विरुद्ध गतिविधि नहोस् भन्ने योजनालाई प्राथमिकतामा राखेको स्रोतले जनाएको छ । पछिल्लो समय चीनले ठूला जलविद्युत आयोजनादेखि सिमेन्ट उद्योगमा लगानी बढाएसँगै भारतीय गुप्तचर संस्थाले आफ्नो सक्रियता बढाएको समेत स्रोतको दाबी छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: