26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

बस दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गापास्थित बस दुर्घटना हुँदा ३ जनाको मृत्यु र ५५ जना घाइते भएको प्रहरी कार्यालयले जनाएको छ ।
समुद्रटारबाट सदरमुकाम विदुरतर्फ आउँदै गरेको बा. १ ख ६३५६ नम्बरको बस समुद्रटार–त्रिशूली सडक खण्डको सूर्यगढी गाउँपालिका–५, छेडिखोलामा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा पञ्चकन्या गाउँपालिका थप्रेककी ३२ वर्षीया मिनु तामाङ, पञ्चकन्या गाउँपालिका–४ का ५९ वर्षीया भगवान कंडेल र चितवन मुग्लिनका ५७ वर्षीया बलराम तिवारी रहेको प्रहरीले जानकारी दिएका छन् । प्रहरीका अनुसार तामाङ र तिवारीको घटनास्थलमै ज्यान गएको हो भने कंडेलको राजधानीको ग्रीनसिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको बताइएको छ । घाइतेमध्ये अति गम्भीर ४ जना, गम्भीर घाइते ८ जनाको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ भने मध्यम अवस्थाका २१ जना घाइतेहरुको ग्रीनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: