25 Jul 2021, 8:41 AM (GMT)

Coronavirus Stats Nepal

679,017 Total Cases
9,695 Death Cases
641,565 Recovered Cases

तीन करोड फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरिँदै

काठमाडौं । अहिलेको समयमा विश्वमै सबभन्दा चर्चित सामाजिक सञ्जाल फेसबुकले करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ ।
यसअघि साइबर आक्रमणका कारण ५ करोड प्रयोगकर्ताका एकाउन्टमा प्रभाव परेको जनाएको थियो । अहिले सोचिएभन्दा केही कम व्यक्तिलाई असर परेको फेसबुकका उपाध्यक्ष गाए रोसेनले बताएका छन् । पहिचान अझै नखुलेका केही व्यक्ति (ह्याकर) ले करिब एक करोड ५० लाख फेसबुक प्रयोगकर्ताको नाम, फोन नम्बर र इमेल ठेगाना चोरेको र अझै एक करोड ४० लाख प्रयोगकर्ताका विवरण पनि जोखिममा छन् ।
यसबाट फेसबुकले सञ्चालन गरेका मेसेन्जर, मेसेन्जर किड्ज, इन्स्टाग्राम, ह्वाट्सएप, ओक्युलस, वर्कप्लेस, पेजेज, पेमेन्टमा असर नगरेको कम्पनीले बताएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Helicopter carrying ballot papers crashes in Iran

Kathmandu : A helicopter carrying ballot boxes for Iran’s presidential election has crashed. The helicopter ...

Translate »
%d bloggers like this: