निजी विद्यालयको शिक्षकले पाएनन् उचित तलब

काठमाडौं । सामुदायिक विद्यालयको तुलनामा निजी विद्यालयको शुल्क बढि हुन्छ । शुल्कसँगै निजी विद्यालयले दिने शिक्षा, सुविधा पनि सोही अनुसार हुने गर्दछ । निजी विद्यालयले भने अनुसारको शुल्क अभिभावकले तिर्न बाध्य भएका छन् । अभिभावकहरुसँग यसरी शुल्क लिँदा पनि निजी विद्यालयमा कार्यरत शिक्षकले श्रमको उचित सम्मान र तलब नपाएको गुनासोमा भने कमी आएको छैन ।
विद्यालय शिक्षक युनियन (इस्टु) नेपालका अनुसार श्रमको सम्मान नगर्दा आफ्नै व्यवस्थापनमा प्रतिकूल असर पर्ने ठानेर केही निजी विद्यालयहरुले तलब र सुविधा दिन थालेका छन् । धेरैजसो निजी विद्यालयमा मासिक ५÷६ हजार मात्र लिएर विद्यालयमा पढाउन शिक्षकहरु बाध्य भएका छन् । बढी सुविधा लिने शिक्षकको क्षमता पनि उच्च हुने भएकाले त्यस्ता जनशक्ति पाउन र टिकाउन मुस्किल हुने कारणले मोलमोलाइ गरेर सुविधा बढाएर लिइरहेका छन् भने कम तलब पाएका शिक्षकले पाएको सेवा पनि नपाइएला भन्ने डरले आवाज उठाउन सकेका छैनन् ।
सरकारी मापदण्डभन्दा केही कम दरमा भए पनि केही उपदानको प्रबन्ध गर्ने इस्टुका कार्यबाहक अध्यक्ष होमकुमार थापाले बताए । थापाका अनुसार इस्टु नेपाल संस्थागत रुपमा नेपाल शिक्षक महासंघमा आबद्ध भएसँगै उसका आवाज थप राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएपछि शिक्षकलाई फकाएर भए पनि टिकाउने रणनीति निजी विद्यालयले लिन थालेको बताउँछन् ।
निजी विद्यालय नाफामुखी नभई सेवामुखी हुनुपर्ने, कम्पनी र गुठी ऐनअनुसार चल्नुपर्ने तथा त्यहाँका शिक्षक, कर्मचारीको नियुक्ति, सेवा शर्त पारदर्शी गराएर सामुदायिक विद्यालयका शिक्षकको सरह सुविधाको प्रबन्ध गर्ने मुद्दालाई नेपाल शिक्षक महासंघले पनि उठाउन थालेको छ । सरकारले पनि निजी विद्यालयले आम्दानी र खर्चको ६०÷४० को अनुपातमा पारदर्शी रुपमा गर्न पटकपटक आग्रह गरेको छ । हालै संघीय संसदबाट जारी भएको निःशुल्क र अनिवार्य शिक्षासम्बन्धी ऐनमा निजी विद्यालयले शिक्षक कर्मचारीलाई श्रम ऐनअनुसार सुविधा दिनुपर्ने व्यवस्था गरेकोमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) ले अहसमति जनाएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

झडपमा प्रहरीसहित तीन जना घाइते

धादिङ । सबैभन्दा ठूलो एकादशी जात्राको मेलामा गोरखा र धादिङका समूहबीच झडप भएको छ । ...