हिमाल आरोहण गर्ने क्रममा सात जनाको मृत्यु

म्याग्दी । धौलागिरि गापास्थित गुर्जा हिमाल आरोहणका लागि पाँच जना कोरियाली र चार जना नेपाली नागरिकसहित शिविर पुगेका ९ जनामध्ये ७ जनाको मृत्यु भएको छ ।
स्थानीयवासीले खोजी गर्ने क्रममा ७ जनाको शव देखेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । हिमालको आधार शिविरमा पुगेर बास बसेका आरोही टोली आँधीहुरी र हिमपहिरोको दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ ।
शिविर खोच र भिरालो ठाउँमा रहेका कारण स्थानीयबासीले पनि उद्धार गर्न नसकेको बताइएको छ । मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन भने मृत्यु भएकाहरुको शव ल्याउन र बेपत्ताहरुको खोजी गर्न सिम्रिक एयरको हेलिकप्टर गुर्जा हिमालको आधार शिविरमा पुगेको भएपनि मौसमको खराबी र हेलीकोप्टरबाट झर्न सक्ने दक्ष प्राविधिकको अभावमा हेलिकोप्टर फर्किएको थियो ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भारतीय नागरिकलाई नागरिकता बनाएको आरोपमा वडा सचिवमाथि मुद्धा

काठमाडौं । विराटनगर महानगरपालिका १ की वडा सचिव पुष्पा तिम्सिनाले भारतीय नागरिकलाई नागरिकताको सिफारिस गरिदिएको ...

Translate »