दशैंभरि सशस्त्र प्रहरीद्वारा निःशुल्क बस सञ्चालन

काठमाडौं । नेपालीहरुको महान् चाड दशैंको अवसरमा काठमाडौं उपत्यकामा ४ वटा बस सशस्त्र प्रहरी बल नेपालद्वारा निःशुल्क रुपमा सञ्चालन गर्ने भएको छ ।
सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावत सहजका लागि सशस्त्र प्रहरी बल नेपालद्वारा निःशुल्क बस संचालन गर्न लागिएको हो । काठमाडौं उपत्यकाभित्र सशस्त्र प्रहरी बल नेपालको निःशुल्क बस सेवाको एउटा रुट कलंकीबाट छुटेर कालिमाटी, त्रिपुरेश्वर, माईतिघर, बानेश्वर, कोटेश्वर, ठिमी हुँदै सूर्यविनायक पुगी पुनः सोही रुटबाट कलंकीसम्म फिर्ता हुने जनाइएको छ । त्यस्तै लगनखेल, जावलाखेल, पुल्चोक, त्रिपुरेश्वर, जमल, लैनचौर, नारायणगोपालचोक, बाँसबारीहुँदै बुढानिलकण्ठसम्म पुग्नेछ भने सोही रुट हुँदै पुनः लगनखेल पुग्नेछ । सशस्त्र प्रहरी बलले काठमाडौं उपत्यकाभित्र संचालन गर्ने सो निःशुल्क बस दशैंको विदा अवधिभर बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म संचालन हुनेछ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भारतीय नागरिकलाई नागरिकता बनाएको आरोपमा वडा सचिवमाथि मुद्धा

काठमाडौं । विराटनगर महानगरपालिका १ की वडा सचिव पुष्पा तिम्सिनाले भारतीय नागरिकलाई नागरिकताको सिफारिस गरिदिएको ...