काठमाडौं । नेपाल टेलिकमले सोमबारदेखि अटम अफर आफ्ना ग्राहकको समक्ष ल्याएको छ । यस अफरमा विभिन्न २२ अफर उपलब्ध गराएको छ । कम शुल्कमा बढी सुविधा दिन ह्याप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्याक, नाइट टाइम भोलुमबेस्ड डाटा प्याक, अनलिमिटेड नाइट टाइम डाटा प्याक, अल टाइम सोसल मिडिया डाटा प्याक, अलटाइम डाटा स्ट्रिमिङ प्याक, अलटाइम फोरजी डाटा प्याक रहेको टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार जिएसएम थ्रिजी र फोरजी एक जीवी प्रतिदिन डाटा प्याक, अलटाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, सियुजी प्याकेज, भिडियो र टिभी प्रतिघण्टा प्याक, एसएमएस प्याक, एफटिटिएच व्यक्तिगत प्याकेज, एफटिटिएच व्यक्तिगत प्याकेज, एडिएसएल भोलुम प्याक, एडिएसएल अनलिमिटेड प्याक, एक घन्टा अनलिमिटेड प्याक, विद्यार्थी अफर, इन्डिया कल अफर, मिस्डकल अलर्ट र एफटिटिएचमा निःशुल्क भ्वाइसअफर उपलब्ध गराएको जनाएको छ ।
