नेपालगञ्ज । नेपालीहरुको महान चाडदशैँमा धेरै मानिसहरु आ–आफ्नो घर जाने क्रम बढेको छ । त्यस्तै घर जानेहरुको संख्या नेपालगञ्ज विमानस्थलमा पनि अत्यधिक रूपले बढेको छ । यात्रुको चाप बढी भएअनुसार जहाजको उडान भने न्यून रहेको छ ।
यात्रुहरुको अनुसार जहाज कम्पनीले टिकट वितरण गर्दा पहुँचवालालाई बढी प्राथमिकता दिएको गुनासो रहेको छ । कर्णाली प्रदेशको डोल्पा, हुम्ला, जुम्ला, मुगु र सुदूरपश्चिम प्रदेशको बाजुरामा सडकको अवस्था नाजुक रहेका कारणले त्यस क्षेत्रका बासिन्दा हवाई यातायातमार्फत आवतजावत गर्न बाध्य भएका छन ।
त्यहाँका यात्रुहरुटिकट नपाउँदा चाडवाडको समयमा समस्या पर्ने बताउँछन । टिकट नपाएकै कारण कतिपय घर जान सकेका छैनन् ।