चीन । अब आउने वर्ष अर्थात् सने २०१९ मा लोककाव्य मानिएको राजा गेसारको महाकाव्य “इपिक अफ किङ गेसार” प्रकाशित हुने भएको छ ।
यस महाकाव्यमा एघारौं शताब्दीमा कसरी तिब्बती अर्धइश्वर मानिने राजाले आफ्ना शत्रुलाई कसरी परास्त गरे र आम जनतालाई कसरी सुरक्षित गरे भन्ने कथा रहेको छ । नयाँ पुस्तक ३७० खण्डमा विभक्त हुनेछ र यसमा ८ करोडभन्दा बढी शब्द रहेका छन् भने केही नयाँ खण्डहरु मानिसले पहिलोपटक हेर्न पाउनेछन् । यो पुस्तक चिनियाँ र अंग्रजी दुवै भाषामा प्रकाशन हुने भएको छ । यसमा लेखिएको जुन कथा रहेको छ, त्यो तिब्बतका स्थानीयबासीबाट एक पुस्ताबाट अर्को पुस्तामा मौखिक रुपमा आएको हो र यो पुस्तक तिब्बती संस्कृति र परम्परा अध्ययन गर्नेहरुका लागि निकै महत्वपूर्ण रहने बताइएको छ ।