27 Oct 2020, 10:55 AM (GMT)

Coronavirus Stats Nepal

160,400 Total Cases
876 Death Cases
118,843 Recovered Cases

काभ्रेबाट डेढ सय महिला तथा बालबालिका हराउँदै

काभ्रे । काभ्रेबाट तीन वर्षमा करिब १ सय ५० महिला तथा बालबालिका हराएको छ । यो समयावधिसम्ममा ३ सय ९६ महिला र बालबालिकामा २ सय ५१ जना फेला परेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र धुलिखेलले जानकारी दिएको छ । आर्थिक वर्ष ०७२/०७३ देखि हालसम्म ३ सय ९६ महिला तथा बालबालिका हराएको र त्यसमध्ये १ सय ४५ जना अझै फेला नपरेको केन्द्रको तथ्यांकमा उल्लेख गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार आव ०७२/०७३ देखि यस वर्षको असोज अन्तिम सातासम्म २ सय ७९ महिला, ३३ बालक र ८० बालिका हराएको खोजी गरिदिन आफन्तले केन्द्रमा निवेदन दिएको बताउँदै आव २०७२/०७३ मा १ सय ११, ०७३/०७४ मा १ सय ९, ०७४/०७५ मा १ सय ६१ र चालू आवको असोज अन्तिम सातासम्म १५ महिला तथा बालबालिका हराएको निवेदन आएको बताए ।

हराउने ३ सय ९६ महिला तथा बालबालिकामध्ये महिला १ सय ५८, बालक २६ र बालिका ५७ जना फेला परेका गिरीले बताए । फेला पर्न बाँकी महिला तथा बालबालिकाको खोजी गर्न जिल्लास्थित माहतहतका प्रहरी चौकीमा हुलिया एवं तस्वीरसहित पत्राचार गरी खोजी कार्य तीव्र गरिएको गिरीले बताए ।

हराएका महिला तथा बालबालिकाहरु धेरैजसो प्रहरीको सक्रियतामा भेटिएका छन् भने केही आफन्तहरुको पहलमा भेटिएका छन् । काभे्रबाट महिला तथा बालबालिका हराउने क्रम बढिरहेको बेला प्रहरीले यसको लागि मात्र छुट्टै एकाइ बनाउनुपर्नेमा मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले जोड दिए ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One dies after drowning in pond in Ilam

Kathmandu : A person has drowned in a pond in Deumai Municipality of Ilam. The ...

Translate »
%d bloggers like this: