26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

नवरात्रीको आज नवौं दिन अर्थात् महानवमी

आज नवरात्रिको नवौ दिन अर्थात् महा नवमी । आजको दिन विशेष गरी महालक्ष्मी देवीको पूजा गरिन्छ । आजकै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि गरिन्छ भने दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ ।

दश वर्षभन्दा बढी उमेर भएकी कन्या रजस्वला हुने हुँदा पूज्नु हुँदैन । चढाएको फल आदि खान र चन्दन आदि बास्नाको स्वाद लिन नजान्ने, एक वर्षकी कन्या पनि पूज्नु हुँदैन । रोग नलागेकी, राम्रो अङ्ग भएकी, घाउचोट र खत नभएकी एउटै कुलमा उत्पन्न भएकी कन्याहरूलाई पुज्ने गर्छन् । महानवमीका दिन काठमाडौंको तलेजु भवानी मन्दिर आज एकदिन सर्वसाधारणको लागि खुल्ला गरिएको हुन्छ । मन्दिरमा पूजा गर्न आउने भक्तजनहरुको भीड लागेको हुन्छ ।


दुर्गा भवानीको पूजाआजा गरी बलि दिएर मनाइने महानवमीमा घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिन्छ भने पशुबली नदिनेहरुले भने कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलका बलि दिई पायस चढाउने गर्दछ । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन रहेको छ ।
मार्कण्डेय पुराणअनुसार महानवमी तिथिको दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले आजको दिन अर्थात् महानवमी पर्वलाई विशेष महत्व दिएको छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।
त्यसैगरी हनुमानढोका दरबारमा नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशान पूजा र कोतपूजा गर्दछ । आजकै दिन बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि समेत दिने चलन रहेको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: