कार्यालयमै प्रमुख जनरल राजिकको हत्या

अफगानिस्तान । तालिबानले अफगानिस्तानको कान्दाहार प्रान्तका प्रान्तीय प्रहरी प्रमुख जनरल अब्दुल राजिकको शक्तिशाली र ठूलो हातहतियारले कार्यालयमा नै हत्या गरेका छन् ।
आक्रमणमा प्रहरी प्रमुखसहित दुई जना प्रहरी अधिकृत पनि मारिएका छन् । तालिवानले जनरल राजिकसहित अफगानिस्तानका अमेरिकी सैनिक कमाण्डरलाई पनि तारो बनाएका थिए । तर अमेरिकी सेनाका अफगान कमाण्डर जनरल स्कट मिलर भने सकुशल रहेका छन् । अफगानिस्तानका तालिबानसँग अमेरिकाले शान्तिवार्ताको प्रसंग चलाएको थियो । तर पनि यो पछिल्लो हत्याको शृंखलाले शान्ति वार्ताको प्रसंगलाई छायाँमा पारिदिने विश्लेषकहरु बताउँछन् ।
यो आक्रमणले अफगानिस्तानको आमनिर्वाचनमा ठूलो चुनौती थपिएको छ । कान्दाहारका प्रहरी प्रमुख राजिक तालिबानविरुद्धको कारबाहीका क्रममा एकजना सफल कमाण्डर मानिन्थे । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहार तालिबानको बढी नै प्रभाव रहेको क्षेत्र मानिन्छ । त्यसैले पनि यस क्षेत्रको प्रहरी मुख्यालयमै गरिएको आक्रमणले थप सुरक्षा चुनौती थपेको बताइएको छ । जनरल राजिक तालिबानका विरुद्धमा निकै कठोर रहेकोले हत्या गरिएको भन्दै हत्याको जिम्मेवारी तालिबान संगठनले लिएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

फोनमा कुरा गर्दा गर्दै अमेरिकामा नेपाली युवाले गरे आत्महत्या

क्यालिफोर्निया । साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका ...