29 Nov 2020, 3:55 AM (GMT)

Coronavirus Stats Nepal

231,978 Total Cases
1,479 Death Cases
212,590 Recovered Cases

भन्सार नहुँदा नेपालले राजश्व गुमाउन परेको छ: उवास अध्यक्ष

काठमाडौँ । पछिल्लो केही समयदेखि तिब्बतको व्यापार शुन्य भएको छ । तिब्बतबाट सामान ल्याउनको लागि बाटो अवरुद्ध छन् भने द्वन्द्वकालमा विस्थापित भएको भन्सार कार्यालय पनि पुनस्र्थापना भएको छैन । केही वर्षदेखि नेपाली व्यापारीले तिब्बतबाट सामान ल्याउन नसकेको व्यापारीहरु बताउँछन् । व्यापारीका अनुसार केही वर्ष भारतीय बाटो भएर सामान ढुवानी गरिएको थियो । तर भन्सार निकै महंगो भएपछि तिब्बती सामान ल्याउन छोडेको बताए । सुरक्षाको कारण देखाउदै द्वन्द्वकालमा विस्थापित भएका दार्चुलाका त्रिदेशीय सीमामा रहेको सितापुल तिंकर छोटी भन्सार, दत्तु र जौलजिवी भन्सार हालसम्म पुनःस्थापना गरिएको छैन । दार्चुलाको यार्सागुम्बा सिधै तिब्बत चीन निर्यात हुने गरेको थियो । तर भन्सार नहुँदा अहिले नेपालले करौडौैं राजस्व गुमाउनु परेको छ । राजस्व तिर्ने चाहना हुँदाहुँदै पनि सरकारले भन्सार स्थापना र सडक निर्माणमा ध्यान नदिएको दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्नाले बताए ।
ठगुन्नालका अनुसार आयात–निर्यात हुने वस्तुको भन्सार उठाउन नसक्दा राज्यले वर्षेनी राजस्व गुमाउनु परेको बताउँछन् । भन्सार पुनःस्थापना हुने वित्तिकै राज्यले सुरक्षा उपस्थित गराउन सक्ने तर यो कार्यमा राज्यले कुनै पनि चासो नलिएको व्यापारीहरु बताउँछन् ।
व्यास क्षेत्रमा बसोबास गर्ने व्यासीहरुको लागि अधिकांश सामान अहिले पनि तिब्बतबाटै आयात हुने गरेको छ । उक्त नाका भएर आयातनिर्यात गरिने केहि वैध वस्तुको छोटी भन्सार कार्यालय खलंगाबाटै भन्सार चेकपास गर्नुपर्ने बाध्यता रहेको छोटी भन्सार कार्यालयले जनाएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two Died of Suffocation in Safety Tank

Kathmandu : Two people have died while cleaning a safety tank in Kanchanpur. The deceased ...

Translate »
%d bloggers like this: