अन्तर्राष्टिय च्यानल अल जजिरा च्यानल नेपालस्थित संवाददाता सुविना श्रेष्ठले आफू यौन प्रतार्दनामा परेको सार्वजनिक गरेकी छिन् ।
१८ वर्षअघि नगरकोटको एक साँझको घटना उल्लेख गर्दै उनले तत्कालिन मन्त्रीले आफ्नो तिघ्रामा हात राख्न खोजेको ट्विटर मार्फत् आरोप लगाएकी छिन् । सुविना अर्की एक महिलामाथि भएको दुव्र्यवहारविरुद्ध बोल्दा आफूलाई स्तब्ध पार्ने गरी दुव्र्यवहार भएको समेत उल्लेख गरेकी छिन् ।
त्यस्तै पूर्व पत्रकार मिना कैनीले पनि कार्यक्षेत्रमा सहकर्मीबाट यौन दुव्र्यवहार झेल्नुपरेको भन्दै ट्विट गरेकी छिन् । सञ्चार माध्यममा कार्यरत रहेको बेला एक वरिष्ठ सहकर्मीले उनकै कारमा चुम्बन गर्न खोजेको घटना सार्वजनिक गरेकी छिन् । लामो समयदेखि यौन उत्पीडन सहेर बसेका नेपालका महिलाहरु पनि ‘मि टु’ अभियानबाट आफ्नो पिडा सार्वजनिक गर्न थालेका छन् ।
सन् २०१७ मा हलिउड अभिनेत्री अलेसा मिलानोले गरेको ट्विट अहिले अभियान नै बनिसकेको छ । यस अभियानबाट महिलाहरुले आफूले भोगेका यौन दुव्र्यवहारका घटना सार्वजनिक गर्ने क्रम बढिरहेको छ । यो अभियान मिलानोले सुरु गर्नुभन्दा अघि सन् २००६ मा टरना वकले आफूसँग यौन दुव्र्यवहार भएको आरोपबाटै सुरु भईसकेको थियो । यो अभियानले भारत पनि निकै चलेको छ । विशेष गरी यो अभियानले चलचित्र राजनीति, ठूला सञ्चारमा हुने यौन दुव्र्यवहारको घटनाहरुलाई सार्वजनिक गरेको छ । राजनीतिज्ञ एमजे अकबर, अभिनेता अमिता बच्चन, नाना पाटेकर, पत्रकार प्रशान्त झा लगायतलाई आरोप लागेको छ ।
सन् २००६ देखि अहिलेसम्म करिब १७ करोड ७० लाख महिलाहरुले यौन दुव्र्यवहारको घटनाबारे सार्वजनिक गरेका छन् । यसरी आरोप लगाउनेमा अभिनेत्री एन्जेलिना जोलि, कारा, लिया, मिरा सेर्भिनो लगायत रहेका छन् । यौन उत्पीडनको आरोप लागेपछि बलिउडको सेलिब्रेटी व्यवस्थापन एजेन्सी क्वान इन्टरटेनमेन्टका सहसंस्थापक अनिर्बन दास ब्लाहले आत्महत्या गर्ने प्रयास गरेको भारतीय संचारमाध्यमले जनाएको छ ।
ब्लाहले आत्महत्या गर्नका लागि सडकको बैरिकेडमा चढिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार ब्लाह पक्राउ पर्दा आफू यौन उत्पीडनको आरोपबाट निरास भएको र आत्महत्या गर्न कदम उठाएको बताए ।
उनलाई ४ जना महिलाले यौन उत्पीडनको आरोप लगाउँदै कम्पनी छाड्न भनिएको थियो । ब्लाहको सेलेब्रेटी व्यवस्थापन कम्पनी ऋतिक रोशन, रणवीर कपुर, टाइगर श्राफ, दीपिका पादुकोण, सोनम कपुर, श्रद्धा कपुर तथा ज्याकलिन फर्नानडिज जस्ता बलिउड स्टारहरूहरूले व्यवस्थापन गर्दै आइरहेको छ ।
