26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

मि टु पछि मेन टु अभियान सुरु

भारत । अहिले विश्वभरमै मि टु अभियान चलिरहेको बेला भारतमा मेन टु अभियान सुरु भएको छ । यस अभियानले ठूलै हलचल मचाएको छ । १५ जनाको समूहले बेंगलोरबाट सुरु गरेको यो अभियानले महिलाबाट पुरुषमाथि भएको यौन शोषणका घटनालाई बाहिर ल्याउने र पीडित पुरुषहरु खुलेर बोल्न सक्ने बताइएको छ ।
उक्त समूहमा फ्रान्सका एक पूर्व राजनीतिज्ञ पनि आबद्ध रहेका छन् । जसलाई २०१७ मा यौन उत्पीडनको एक मुद्दामा अदालतले सफाई दिएको थियो । मेन टु आन्दोलनको सुरुवात गैर सरकारी संगठन चिल्ड्रन्स राइट्स इनिशिएटिभ फर शेयर्ड पेरेंटिंग (क्रिस्प) ले गरेको हो । राष्ट्रिय अध्यक्ष कुमार बी ले झुठो आरोप तथा मुद्दा लगाउनेलाई कारवाही हुनुपर्ने माग गरे ।
अध्यक्ष कुमारका अनुसार पछिल्लो समय यो आन्दोलनको परिणाम समाजमा जीवनभर मेहनत लगाएर कमाएको मानिसको मान प्रतिष्ठालाई धुमिल बनाउने हतियार बन्दै गएको बताए । अध्यक्ष कुमारले मि टु अभियानमा पीडितहरु वर्षाैपहिले भएको यौन उत्पीडनको कुरा उठाइरहेको भन्दै यदि यौन उत्पीडनको घटना सत्य हो भने पीडितले सामाजिक सञ्जालमा लेख्नुभन्दा कानुनी कारवाहीको सहारा लिनुपर्ने सुझाव दिएका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

76 died in a single day due to Corona virus

Kathmandu : At least 76 people have died in Australia on the same day. Most ...

Translate »
%d bloggers like this: