जबर्जस्ती करणी गर्ने शिक्षकलाई अभिभावकले छुरा प्रहार गरे

काभ्रेपलाञ्चोक । दिन प्रतिदिन बलात्कारका घटना बढिरहेको बेला काभ्रेपलाञ्चोक जिल्लाको बेथाञ्चोक गाउँपालिका ४ देविस्थानस्थित कालिका माविमा कार्यरत शिक्षकले आफ्नै विद्यार्थीहरु माथि जर्बजस्ति करणी गरेको आरोपमा पक्राउ परेका छन् ।
३१ बर्षिय शंकर पहरीले विद्यालयका छात्राहरुलाई अभद्र ब्यवहार गर्दै जर्बजस्ति करणी गर्ने गरेको भन्दै विद्यार्थी र अभिभावकले प्रहरीमा उजुरी दिएका छन् । प्रहरी कार्यालयमा बयान दिन उपस्थित भएका शिक्षकलाई अभिभावकले छुरी प्रहार गरेका थिए । पहरीले विद्यालयका बालबालिकाहरुलाई संवेदनशील अंगमा छुने गरेको र जबरजस्ती करणी गर्ने गरेको पिडित बालिकाहरुले बताउँदै कक्षा कोठामा कोहि नभएको मौका छोपी जर्बजस्तिको प्रयास गरेका थिए । विद्यार्थीले उक्त घटनाका बारेमा अभिभावकलाई बताएपछि घटना सार्वजनिक भएको हो । विद्यालयका अन्य शिक्षकहरुलाई पहरीको बानी थाहा भए पनि वेवास्ता गरेको कारण उनको मनोबल बढ्दै गएको विद्यार्थी तथा अभिभावकहरु बताउँछन् । पीडितहरुले जाहेरी उजुरीमा मुलुकी अपराध (संहिता) ऐन २०४७ को परिच्छेद १८ को दफा २१९ को उपदफा १, २ क, ग र ३ क बमोजिम कारवाहीको माग गरेका छन् ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भारतीय नागरिकलाई नागरिकता बनाएको आरोपमा वडा सचिवमाथि मुद्धा

काठमाडौं । विराटनगर महानगरपालिका १ की वडा सचिव पुष्पा तिम्सिनाले भारतीय नागरिकलाई नागरिकताको सिफारिस गरिदिएको ...