13 Apr 2021, 6:41 AM (GMT)

Coronavirus Stats Nepal

280,524 Total Cases
3,053 Death Cases
274,165 Recovered Cases

जिप दुर्घटनामा एकको मृत्यु, एघार जना घाइते

इलाम । झापाबाट पाँचथरको फिदिम जाँदै गरेको जीप इलामको देउमाईमा दुर्घटना भएको छ । दुर्घटनामा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
मे १ ज २६५७ नम्बरको जीप दुर्घटना हुँदा ३५ वर्षीय चन्द्र बहादुर दमाईको घटनास्थलमै मृत्यु भएको छ भने ४ बालबालिकासहित ११ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएका छन् । घाइते हुनेहरूमा झापाका १३ वर्षका आवाज धिमाल र आयुष धिमाल, १४ वर्षका अपिसय धिमाल र१८ वर्षका निर्मला आचार्य, ५३ वर्षका लक्ष्मीप्रसाद चेम्जोङ, विर्तामोडकी ३६ वर्षकी रिया राजवंशी, ४१ वर्षकी आशा राजवंशी, २४ वर्षका युवराज पुरी, पाँचथरका ३३ वर्षीय मनकुमार नेपाली र परिचय नखुलेका एक जना पुरुष घाइते भएको प्रहरीले बताएको छ । घाइतेहरुको इलाम जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One killed in tipper collision in Itahari

Kathmandu : A person has died after being hit by a tipper at Amapagachhi Chowk ...

Translate »
%d bloggers like this: