काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार जमाल खसोज्जीको हत्याका सम्बन्धमा साउदी अरेबियाले दिएको प्रतिक्रिया ढाकछोप भएको व्याख्या गरेका छन् ।
खसोज्जीको हत्यामा संलग्न भएको जोसुकै होस् त्यो ठूलो समस्यामा पर्ने चेतावनी दिँदै ट्रम्पले साउदी अरबको नराम्रो सोचाइ, नराम्रो तरिका र इतिहासकै नराम्रो ढाकछोप गरेको दाबी गरेका छन् । राष्ट्रपति ट्रम्पको त्यस्तो प्रतिक्रिया आएलगत्तै विदेशमन्त्री माइक पोम्पेओले अमेरिकाले घटनामा संलग्नहरूलाई सजाय दिने बताएका छन् । अमेरिकी विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री पोम्पेओले आफू र राष्ट्रपति ट्रम्प अहिलेको परिस्थितिलाई लिएर खुशी नरहेको पनि बताए ।

US President Donald Trump speaks during a meeting with NATO Secretary General Jens Stoltenberg in the Oval Office of the White House in Washington, DC, May 17, 2018. (Photo by SAUL LOEB / AFP) (Photo credit should read SAUL LOEB/AFP/Getty Images)