यस वर्षको धान उत्पादनले रेकर्ड तोड्दै

काठमाडौं । चालू आर्थिक वर्ष ०७५/०७६ मा करिब साढे ६ लाख टन धान फलेको अनुमान गरिएको छ । गत वर्षको रेकर्ड तोड्दै करिब ५८ लाख मेट्रिक टन धान फलेको कृषि तथा पशुपक्षी मन्त्रालयले गरेको छ । गत आव ०७४/७५ मा ५१ लाख ५१ हजार टन र सबैभन्दा धेरै आव ०७३/७४ मा ५२ लाख ३० हजार टन धान उत्पादन भएको थियो ।
यस वर्ष धान रोपण क्षेत्र वृद्धि, समयमै रोपाइँ, अनुकूल मौसम, सिँचाइ, प्रविधि, मल, बीउको राम्रो व्यवस्था, रोगकिराको प्रकोप नआएकाले धान उत्पादन बढेको मन्त्रालयका सचिव युवकध्वज जिसीले बताए । यो वर्ष धान खेतीको क्षेत्रफल पनि विस्तार हुँदै धान खेती १५ लाख ६२ हजार हेक्टर पुगेको जिसीले बताए ।
गत आर्थिक वर्ष २९ अर्ब ३५ करोड रुपैयाँको चामल आयात भएको थियो भने यस वर्ष १ खर्ब ३५ अर्ब १८ करोड ८० लाख रुपैयाँ बराबरको धान फल्ने भएको छ । गत वर्षको तुलनामा यो वर्ष १५ अर्ब १५ करोड रुपैयाँबराबरको धेरै धान फलेको छ । सरकारले मसिना धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा र मोटा धानको न्यूनतम मूल्य २ हजार ३ सय ३१ रुपैयाँ २२ पैसा निर्धारण गरेको थियो । यो वर्ष धान उत्पादन वृद्धि भएपछि आयात घट्ने सम्भावना छ । कुल गार्हस्थ उत्पादनमा पनि धानको योगदान ३ देखि ४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । कृषिमा धानको योगदान करिब २१ प्रतिशत रहेको छ ।
कुल क्षेत्रफलमध्ये धान खेती ५०.२ प्रतिशत जग्गामा हुने गर्दछ । ६० मिटरदेखि ३ हजार ५० मिटरको उचाइमा धान खेती गरिन्छ । तराईमा ६९.१ प्रतिशत, पहाडमा २६.८ र उच्च पहाडमा ४.१ प्रतिशत क्षेत्रमा धान खेती गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले धान उत्पादन बढाउन खडेरी र धेरै पानी परेर डुबान हुने क्षेत्रका लागि नयाँ जातका धान सिफारिस गरेको छ । धान उत्पादनका लागि २४ ब्लक, ५ जोन र १ सुपरजोन बनाएको छ । झापामा धानको सुपर जोन, कञ्चनपुर, कपिलवस्तु, प्युठान, बर्दिया, सर्लाही र सिरहालाई धानको जोन र २४ जिल्लामा ब्लक तयार गरिएको छ । ५० जिल्लामा चैते धान खेती गर्न प्रोत्साहन गरिएको मन्त्रालयले जनाएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

लोक दोहोरी “चरी मैना” बजारमा

नेपाली लोक संगीत बजारमा नयाँ लोक दोहोरी “चरी मैना” आम दर्शकमाझ आएको छ । चर्चित ...

Translate »