भक्तपुर । सूर्यविनायक, चुनदेबीस्थित भक्तपुर प्रहरीले चेकजाँचको क्रममा अवैध लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर भीमफेदी गापा ७ घर भई हाल सूर्यविनायक नपा ६ चुनदेबी बस्ने २६ वर्षीय सन्तोष भन्ने दानिज खड्का रहेका छन् । खड्कालाई लागुऔषध नोर्फिन ११३ थान, डाईजेल्याब ५० थान, फेनरागन ९० पिस र सिरिन्ज ३१ पिस सहित पक्राउ गरी कारबाही अघि बढाइएको प्रहरी नायव उपरीक्षक रेबति रमण पोखरेलले जानकारी दिएका छन् ।