20 May 2022, 4:37 AM (GMT)

Coronavirus Stats Nepal

979,040 Total Cases
11,952 Death Cases
966,938 Recovered Cases

एक सय पैतिस किलोवाटबाट रुकुम पूर्वका तीन गाउँ उज्यालो

काठमाडौं । रुकुम पूर्वका भूमे गाउँपालिका ६ सिसाघारीमा कादुरी एग्रीकल्चर एण्ड एशोसियशन ब्रिटिस गोर्खाज नेपालको सहयोगमा निर्माण भएको १ सय ३५ किलोवाटबाट ३ गाउँले उज्यालो पाएका छन् ।
उक्त विद्युत् आयोजनाको उद्घाटन हङकङका ७५ वर्षीय सर माइकल कादुरीले गर्दै समुदायलाई हस्तान्तरण गरेका हुन् । आयोजनाको कुल लगानी १० करोड ३२ लाख ५६ हजार ७ सय ७९ रुपैयाँ ३२ पैसा रहेकोमा कादुरी परिवारले ९ करोड ७५ लाख ६ हजार ७ सय ७९ रुपैयाँ सहयोग रहेको छ भने स्थानीय उपभोक्ताले नगद र श्रमदान गरी ३५ लाख लगानी गरेका छन् ।
आयोजनाको उद्घाटन गर्दै विद्युतसँगै नयाँ जीवन सुरु भएको महसुस गरेको बताए । आयोजनाबाट भूमे गाउँपालिकाको ३, ४ र ६ नम्बर वडाका ५ सय ९० घरधुरी लाभान्वित भएका छन् । उक्त विद्युत् ३ हजारभन्दा बढीले प्रत्यक्ष लाभ लिइरहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल बुढामगरले जानकारी दिए ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Fugitive accused of murder arrested from India after 16 years

Kathmandu : A man who was absconding after killing his neighbor has been arrested from ...

Translate »
%d bloggers like this: