01 Jun 2023, 10:39 AM (GMT)

Coronavirus Stats Nepal

1,003,340 Total Cases
12,031 Death Cases
991,287 Recovered Cases

काठमाडौंमा विद्युतीय बस सञ्चालन

काठमाडौं । काठमाडौंमा ६ गतेदेखि एसियाली विकास बैंक (एडीबी) सँगको समन्वयमा साझा यातायातले विद्युतीय बस सञ्चालनमा ल्याएको छ । उक्त विद्युतीय बस चिनियाँ कम्पनी बीवाईडीले निर्माण गरेको हो ।

पाँचवटा विद्युतीय बस लुम्बिनी क्षेत्र विकास कोषले नेपालमा भित्याएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नबनुन्जेल विकास कोषले सो बस साझालाई काठमाडौं उपत्यकामा सञ्चालन गर्न दिएको हो । विद्युतीय बसको स्वागत प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च पदस्थ व्यक्ति गरेका थिए । स्वागत कार्यक्रममा प्रधानमन्त्री ओलीले यो विद्युतीय सवारी मात्र नभई देशको कार्यदिशा भएको घोषणा समेत गरेका छन् ।
वातावरण तथा विद्युतीय सवारीका अभियन्ता पूर्ण रञ्जितकार भन्छन् विद्युतीय सवारीले वातारण जर्गेना गर्नुका साथै देशको धनराशी समेत बचाउँछ । यसका लागि सरकारले आवश्यक नीति नियम बनाउनुपर्ने रञ्जितकारको भनाइ रहेको थियो । सरकारले इच्छा शक्ति देखाए अबको साढे पाँच वर्षमा मुलुकभर विद्युतीय सवारी सञ्चालन हुन सक्छ । सम्पूर्ण देशबासीका लागि विद्युतीय सवारी चढ्ने वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।
यातायात व्यवस्था विभागको तथ्यांकअनुसार नेपालमा हाल इन्धनबाट गुड्ने सवारीसाधनको संख्या ३२ लाख नाघिसकेको छ । जसमा १२ लाख उपत्यकाभित्रै गुड्ने गरेको विभागले जनाएको छ । वायु प्रदूषणमा ३८ प्रतिशत कारक तत्व सवारी साधनबाट निस्कने धुवाँ रहेको अनुसन्धानले बताएको छ ।

यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक शरदचन्द्र पौडेल विद्युतीय सवारीलाई प्रवद्र्धन गर्न सरकारले सहुलियत दिनुपर्ने बताउँछन् । विद्युतीय सवारीमा एकदेखि १० प्रतिशतसम्म मात्र भन्सार शुल्क लिँदै आएको पौडेलले बताए । सरकारले जैविक इन्धनबाट सञ्चालन हुने सवारीको तुलनामा विद्युतीय सवारीलाई सहुलियत दिइरहेको छ । यसका लागि सरकारले थप सुविधा तथा सहुलियत दिए व्यवासयीहरू विद्युतीय सवारी भित्याउन इच्छुक हुने उनको भनाइ रहेको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: