काठमाडौं । केही वर्षदेखि गूगल कम्पनीका वरिष्ठ म्यानेजरलाई यौन उत्पीडनको आरोप लागेको थियो । उक्त आरोपका कारण १३ जना वरिष्ठ म्यानेजरसहित ४८ जना कर्मचारीलाई जागिरबाट निकालिएको छ ।
आरोप लागेका कर्मचारीहरुको नाम उल्लेख गरेको पत्रमा कम्पनीले यौन दुर्व्यवहारको आरोप लागेपछि गूगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचईले यस्तो फैसला लिएका हुन् । एन्ड्रोइड निर्माता एन्डी रुबिनलाई यौन उत्पीडनको आरोपको बदलामा ९० मिलियन डलरको प्याकेज दिएर विदा गरियो भनेर न्यूयोर्क टाइम्सको रिपोर्टमा उल्लेख गरिएको छ । पिचाईले पत्रमा गूगल आफ्ना कर्मचारीहरुलाई सुरक्षित कार्यक्षेत्र दिनका लागि तत्पर रहेको उल्लेख गर्दै यौन उत्पीडनको आरोप लागेका सबै कर्मचारीमाथि अनुसन्धान गरेको र त्यसपछि मात्रै जागिरबाट हटाउने फैसला लिएको बताएका छन् ।