काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका एक नेतामाथि भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलकी उषा थापाको अपहरण गरेको आरोप लागेको छ ।
कात्तिक ५ गतेदेखि हराएकी थापा भक्तपुर चाँगुनारायण ९ ताथलीका ईश्वर खड्काले अरु केटाहरु लगाएर अपहरण गर्न लगाएको आरोप थापाका परिवारले लगाएका छन् । थापासँगै मामा–भान्जी समेत अपहरण गरेको पिडितका परिवारले प्रहरीमा उजुरी दिएका थिए ।
अपहरण भएको भोलिपल्ट नै प्रहरीमा उजुरी दिएपनि अहिलेसम्म खोजीकार्य नभइरहेको थापाका बुबा माधवले बताए । उनले ईश्वरविरुद्ध किटानी जाहेरी दिएको छन् भने इश्वरकै योजनामा उषाको अपहरण गरिएको दाबी समेत गरेका छन् । ईश्वर पूर्व एमालेका जिल्लाका नेता हुन् । प्रहरीले अनुसन्धान गर्दा ईश्वर र उषाबीच फेसबुकमा अश्लील कुरा समेत भएको प्रहरीले बताएको छ । ईश्वरलाई साइबर क्राइमअन्तर्गत मुद्धा चलाउने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।