मकवानपुर । हेटौंडामा भएको एक छलफल कार्यक्रममा तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सडक अवरुद्ध गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन् ।
उक्त कार्यक्रममा हेटौंडा–सिस्नेरी–काठमाडौं सडक केही दिनदेखि अवरुद्ध गर्नेलाई कारबाही गर्ने बताउँदै शुक्रबारबाट सडक सुचारु गराउन सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।
सार्वजनिक सुमो हेटौडा–फाखेल–काठमाडौं रुटमा जोर बार जोर नम्बरका सुमो र हेटौडा–सिस्नेरी–काठमाडौं रुटमा बिजोर बार बिजोर नम्बरका सुमो सञ्चालन गर्ने निर्णय गएको छ । त्यस्तै संघीय सरकार मातहत रहेको दक्षिणकाली–छैमले–सिस्नेरी–कुलेखानी सडक खण्डमा नेपाल सरकारबाट सम्झौता भई चालु रहेका ठेक्काहरु आवश्यक प्रक्रिया पुरा गरी सम्बन्धित सडक डिभिजन कार्यालयहरुबाट प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले बुझ्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।
