भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा दुई वृद्धलाई पक्राउ गरेको छ ।
पीडित पक्षले सामूहिक बलात्कार भएको उजूरी दिएपछि प्रहरीले चाँगुनारायण नगरपालिका– ४ सङ्गमटोल बस्ने ७० वर्षीय श्यामबहादुर मिजार र घटेरो सार्कीलाई पक्राउ गरेको हो । मिजार र घटेरोलाई पक्राउ गरी कारवाही अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।
