26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

भाइटिकाको शुभ समय एघार पचपन्नमा

काठमाडौँ । नजिकिँदै गरेको शुभ दीपावलीमा भाइटिकाको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको छ ।
कार्तिक १९ गते यमपञ्चक अर्थात् तिहार सुरु हुनेछ । त्यस दिन काग तिहार तथा धनवन्तरी जयन्ती मनाइन्छ । कात्तिक २० गते कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिने गरिएको छ । कात्तिक २१ गते कार्तिक कृष्ण औँशीका दिन लक्ष्मीपूजा गरिन्छ । लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् । कात्तिक २२ गते कार्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गोरु, कृषक र गोवर्द्धन पूजा हुन्छ ।
कार्तिक २३ गते तिहारको मुख्य दिन भाइटिका हो । यो वर्ष भाइटिकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा उत्तम हुने समितिले जानकारी दिएको छ । यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गर्ने चलन रहेको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: