25 Feb 2021, 10:11 AM (GMT)

Coronavirus Stats Nepal

273,760 Total Cases
2,684 Death Cases
270,139 Recovered Cases

शंकास्पद अवस्थामा शव फेला

सिरहा । सिरहामा एक महिला र एक पुरुषको शव शंकास्पद अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
लहानस्थित सार्वजनिक पोखरीमा पहिचान खुल्न नसकेको एक पुरुषको शव फेला परेको छ भने सिरहा नगरपालिका ६ स्थित कमला खोला किनारामा शंकास्पद अवस्थामा पहिचान खुल्न नसकेकी एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मझौला शरीर, दाह्री जुङ्गा पालेको, कालो कपाल, गहुँ गोरो वर्णको, ढाडको दाहिनेतर्फ ट्याटु खोपेको, हरियो सेतो कोठे हाफ सर्ट लगाएको अन्दाजी ३५ वर्षको पुरुष फेला परेको बताए ।
हालसम्म शवको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय लहानले बताए । त्यस्तै कमला खोला किनारमा फेला परेको अन्दाजी २५ वर्षको देखिने कुर्ता सुरुवाल र स्वेटर लगाएकी उक्त महिलाको शव पहिचान नभएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One killed in accident at Chadani Chowk in Saptari

Kathmandu : A person who was injured in a road accident two days ago at ...

Translate »
%d bloggers like this: