दमक । झापाको कमल गापा–३ स्थित केर्खामा मारुती भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाँचथर कुम्मायक–५ माङ्गजावुङ्गका २८ वर्षीय श्रवणकुमार शेर्माको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएको छ । पूर्वबाट पश्चिम आउँदै गरेको मे ६ प ८९७४ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट आउँदै गरेको मे २ च ११८१ नम्बरको मारुती भ्यानले ठक्कर दिँदा दुर्घटना भएको हो । शर्माको दमकमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै घाइते हुनेमा शर्माका दाजु ताराकुमार शर्मा रहेका छन् । उनको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।