25 Jul 2021, 8:09 AM (GMT)

Coronavirus Stats Nepal

679,017 Total Cases
9,695 Death Cases
641,565 Recovered Cases

महिना नबित्दै भत्कियो भारत सरकारले बनाएको संरचना

वीरगन्ज । भारत सरकारले वीरगन्जको अलौं सिर्सियामा बनाइदिएको एकीकृत चेकजाँच चौकी महिना नबित्दै भत्किएको छ ।
आयात निर्यातको कारोबारमा सहजता ल्याउन भनी बनाइदिएको उक्त सडक एक अर्ब ३९ करोड भारुको लगानीमा बनेको हो । नेपाल इन्टर मोडल यातायात विकास समितिलाई हस्तान्तरण गरेको दिनदेखि नै आइसिपी सञ्चालनमा आएको थियोे ।
सञ्चालनमा आएको महिना नबित्दै आइसिपीको मुख्य भवन र सबै चार गोदामको छत चर्किएर चुहिन थालेको थियो । आइसीपीको मुख्य प्रवेशद्वारदेखि वीरगन्ज पोखरीया सडकखण्डलाइ जोड्ने एक हजार एक सय ५० मिटरको चार लेनको कालोपत्रे सडक पनि भारतीय निर्माण कम्पनी केएस सफनेट्स सोलुशन प्रालिले निर्माण गरेको हो ।
भारत सरकारले निर्माण गरिदिएको सडकको विभिन्न ठाउँमा खाल्डाखुल्डी परेका छन् । जसका कारण मालबाहक सवारी सधान सडकको छेउबाट गुड्न बाध्य भएको छ । निर्माणमा लापरवाहीको कारण सडक चाँडै भत्किएको नेपाल इन्टर मोडल यातायात विकास समितिले बताए ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 2,977 more people

Kathmandu : Corona infection has been confirmed in 2,977 people in the last 24 hours. ...

Translate »
%d bloggers like this: