सार्वजनिक जग्गा नपाउँदा वडा कार्यालय विद्यालयमै

जुम्ला । घाघेसिन, तुही र प्रोखी गाउँ मिलेर बनेको वडापालिकाको कार्यालय विद्यालय भवनमै खोलिएको छ । वडा कार्यालयको आफ्नै भवन नहुञ्जेलसम्म विद्यालयमै अस्थायी कार्यालय बनाएको वडा अध्यक्ष हस्तबहादुर बुढाले बताए ।
स्थानीयहरुका अनुसार तुही गाउँमा वडा कार्यालय राख्दा सबैलाई सहज हुने बताए । स्थानीयको विवादले गाउँमा कार्यालय खोल्न उपयुक्त घर नपाएको, सार्वजनिक जग्गा अभाव र पूर्वाधार व्यवस्थापनमा सकस हुँदा विद्यालयको कक्षा कोठालाई वडा कार्यालय बनाएको अध्यक्षले बताउँदै पढाइमा समस्या नहुने गरी विद्यालयसँग समन्वय गरेको वडाध्यक्षले बताए ।
वडा भवन स्तरोन्नति गर्नका लागि तिला गाउँपालिकाले २ लाख ५० हजार बजेट विनियोजन गरेको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

झडपमा प्रहरीसहित तीन जना घाइते

धादिङ । सबैभन्दा ठूलो एकादशी जात्राको मेलामा गोरखा र धादिङका समूहबीच झडप भएको छ । ...