पुनर्निर्माणको काम अठार महिनामा सकिनेः सहसचिव राजुमान

काठमाडौं । सिंहदरबारको पुनर्निर्माण काम अब १८ महिनामा सकिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ ।
प्राधिकरणका सहसचिव राजुमान मानन्धरले सिंहदरबार अब नभत्काई त्यसलाई प्रवलीकरण गर्ने बताउँदै ढिलोमा १८ महिना र चाँडोमा १५ महिनामा काम सम्पन्न हुने बताए । त्यस्तै धरहरा निर्माण २ वर्षभित्र सम्पन्न गर्ने बताए ।

प्राधिकरणले पुनर्निर्माणको काममा ढिलाई नगरेको स्पष्ट पार्दै रानीपोखरी, काष्ठमण्डपको पुनर्निर्माण पनि छिट्टै सुरु हुने बताउँदै प्राधिकरणले अहिलेसम्म ५ हजार स्कुल र ४३ प्रतिशत निजी आवास बनाइसकेको बताए । प्राधिकरणले पुनर्निर्माणको कार्य ढिला नगरेको मानन्धरले दाबी गर्दै २३० सरकारी भवनमध्ये अहिलेसम्म १६ वटा भवनको पुनर्निर्माण सम्पन्न भैसकेको जानकारी दिए ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भारतीय नागरिकलाई नागरिकता बनाएको आरोपमा वडा सचिवमाथि मुद्धा

काठमाडौं । विराटनगर महानगरपालिका १ की वडा सचिव पुष्पा तिम्सिनाले भारतीय नागरिकलाई नागरिकताको सिफारिस गरिदिएको ...

Translate »