राज्यले बिर्सिएका, परिवारले हेपिएका ज्येष्ठ नागरिक

काठमाडौं । तिहारको अवसर पारेर काठमाडौंको टेकुमा रहेको सिध्दी सेवा आश्रमका ९ जना वृद्दहरुलाई भरोसा मिडिया डटकमले पानी राख्ने ट्यांकी, साडी र चोलो वितरण गरेको छ ।


२०७० माघमा स्थापित भएको उक्त्त आश्रम सत्प्रयासद्वारा सञ्चालित हुँदै आएको छ । सत्प्रयासका ७ जना बोर्ड मेम्बरमध्ये संस्थाका अध्यक्ष विष्णुदेवी राजभण्डारीले विगत ५ वर्षदेखि ९ जना वृद्धहरुलाई आश्रय दिँदै सेवा आश्रम सञ्चालित गर्दै आएकी छिन् । उक्त आश्रममा ७० वर्षभन्दा माथिका वृद्ध आमाहरु बस्दै आएका छन् ।


आफ्नै परिवारबाट हेपिएर आश्रममा बाध्य भएर बस्नुपरेको त छ नै सँगै राज्यले समेत उनीहरूलाई बिर्सिएका छन् । त्यहाँ रहेका ९ जना वृद्धहरुमध्ये ६ जनाले अहिलेसम्म पनि नागरिकता पाएका छैनन् । जसका कारण पाउनुपर्ने कतिपय सेवा सुविधा पाउनबाट बञ्चित छन्, वृद्दभत्ता समेत पाउन सकेका छैनन् ।


यस्ता व्यक्तिहरु जो आफ्नै परिवारले हेपिएर आश्रममा बस्न बाध्य भएका ज्येष्ठ नागरिकहरु नेपालमा कयौं रहेका छन् । ती नागरिकहरूलाई दिनुपर्ने अधिकार, सेवा, सुविधाहरूमा सम्बन्धित निकाय र राज्यको ध्यान जान जरुरी छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

विराटनगरका न्यायाधीशमाथि छानबिन सुरु

काठमाडौं । ३३ किलो सुन काण्डमा विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश डा. कूलरत्न भुर्तेललाई न्याय ...

Translate »