काठमाडौं । रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकामा मोनोरेल नै उपयुक्त रहेको बताए ।
रेल सञ्चालन गर्नका लागि प्रारम्भिक अध्ययनको काम सम्पन्न भइसकेको बताउँदै सडक विस्तार गर्ने क्रममा कामपाको कुनै पनि घर नभत्काउने शाक्यले बताए । निर्माण भएका घर भत्काएर सडक बिस्तार गर्दा नागरिक मर्कामा पर्ने हुँदा सडक बिस्तारभन्दा मोनोरेल सञ्चालन गर्नेतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए । सम्पदा पुनःनिर्माणको काम तीव्र रुपमा अघि बढेको उल्लेख गर्दै प्रमुख शाक्यले धरहरा, काष्ठमण्डप पुनःनिर्माणको काम शुरु भइसकेको र चाँडैै ऐतिहासिक रानीपोखरीको पनि काम शुरु हुने जानकारी समेत दिए । कामपाको सुरक्षालाई थप मजबुत बनाउन नेपाल प्रहरीको समन्वयमा सिसी क्यामेरा जडान गर्ने र जथाभावी फोहर फाल्नेलाई कारवाही गर्ने बताए ।
