अब काठमाडौंमै भिसा सेन्टर खुल्दै

काठमाडौं । अब कतारले एक महिनाभित्रै काठमाडौंमा भिसा सेन्टर स्थापना गर्ने भएको छ । विदेशमा श्रम गर्न जाने नेपाली श्रमिकलाई आवश्यक भिसा उपलब्ध गराउन र उनीहरुको स्वास्थ्य परीक्षणका लागि कतार सरकारले काठमाडौंमा भिसा सेन्टर स्थापना गर्न लागिएको काठमाडौंस्थित कतारी राजदूतावासले जनाएको छ ।
काठमाडौंमा भिसा सेन्टर स्थापना भएपछि आजाद भिसाका नाममा हुने ठगी रोकिने, भिसा सम्बन्धी सबै प्रक्रिया काठमाडौंबाटै हुने, भिसा प्रक्रियामा बिचौलियाको भूमिका नहुने दूतावासले जनाएको छ । आवश्यक कागजात पेस गरेको २४ घन्टाभित्रै भिसा उपलब्ध हुने दूतावासले जनाउँदै कामदारबाट शुल्क असुल्ने परिपाटी रोक्न यो कदम चालेको कतार सरकारले बताए । कतारमा काम गर्न जाने आप्रवासीको भिसा शुल्क, हवाई टिकट लगायतसबै खर्च रोजगारदाताले नै बेहोर्नुपर्ने नियम रहे पनि कामदारसँग स्रोत मुलुकका बिचौलियाले शुल्क असुलिरहेको र त्यसलाई रोक्न भिसा सेन्टर प्रभावकारी हुने नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलले बताए । भिसा सेन्टर खुलेपछि कामदारलाई निकै सजिलो हुने उनले बताए ।

नेपालले कतार जाने कामदारको न्यूनतम पारिश्रमिक नौ सय र खानाको तीन सय रियाल हुनुपर्ने निर्णय गरेको छ भने आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक सात सय रियाल कतार सरकारले तोकेको छ ।
नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकका विषयमा निर्णय नभए पनि काठमाडौंमा चाँडै भिसा सेन्टर खुल्ने प्रतिनिधिमण्डलका सदस्यले बताए ।

काठमाडौंमा भिसा सेन्टर स्थापना हुँदा कतारले कालो सूचीमा राखेका व्यक्तिले प्रवेश पाउने छैनन् । कतार बस्नका लागि परिचयपत्र उपलब्ध गराउन समेत सहज हुनेछ । त्यस्तै कतारमा मर्ने नेपालीका परिवारले शव झिकाउन र क्षतिपूर्तिका लागि पूरा गर्नुपर्ने कागजी प्रक्रिया लगायतमा कतार राजदूतले सहयोग गर्दै आएको छ भने कतारमा कार्यरत नेपाली बिदामा आएको बेला कतारी परिचयपत्र र राहदानी हराएको खण्डमा उनीहरूको कागजात बनाउने काममा पनि दूतावासले सहयोग गर्ने गरेको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भारतीय नागरिकलाई नागरिकता बनाएको आरोपमा वडा सचिवमाथि मुद्धा

काठमाडौं । विराटनगर महानगरपालिका १ की वडा सचिव पुष्पा तिम्सिनाले भारतीय नागरिकलाई नागरिकताको सिफारिस गरिदिएको ...