काठमाडौं । महिला हिंसा, बलात्कार घटनाहरु बाहिरिँदै गर्दा कपिलवस्तुमा खुकुरी देखाएर बलात्कार गरेको भन्दै एक जना पक्राउ परेका छन् ।
कपिलवस्तु नगरपालिका– ८ दोहनीका ५५ वर्षिय बर्मा भनिने तालकु बढईले एक महिलालाई खुकुरी देखाई बलात्कार गरेको उजुरीमा प्रहरीले प्रक्राउ गरेको हो । उक्त उजुरीमा बढईलाई पक्राउ गरी जरबजस्तीकरणीको मुद्दामा अदालतबाट ७ दिनको म्याद थपी कारबाही प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।