काठमाडौं । तिहार तथा नेपाल संवतको अवसर पारेर बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी मेलमिलाप नभएका कारण अनपेक्षित हार व्यहोर्नु परेको भन्दै पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न नेता, कार्यकर्तालाई आह्वान गरेका छन् ।
कार्यक्रममा उनले निर्वाचनमा भएको हारबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पार्दै सभापति देउवाले निर्वाचनको हारबाट निराश नहुन पनि पार्टीका सबै नेता, कार्यकर्तालाई निर्देशन दिए । सभापति देउवाले नेपाल संवतका प्रवर्तक शंखधर शाख्वाले गरिबी निवारणमा र्पुयाउनु भएको योगदानको चर्चा गरेका थिए ।