कञ्चनपुरमा जंगली हात्तीको त्रास

कञ्चनपुर । कञ्चनपुरको बेदकोटमा जंगली हात्तीले घर भत्काएको छ । जंगली हात्तीले शिवराज राना, खेमराज राना, प्रेम सिंह रानालगायत तीनजनाको घर भत्काएको र भण्डारण गरेर राखेको धान, चामल, गहुँलगायतको अन्न खाएका थियो ।
घरमा भएको लुगा, कागजपत्र बाकस, ग्यास सिलिण्डर, दराज, पङ्खा, टिभी, खानेपानीका लागि गाडिएको नल्का हात्तीको झुण्डले उखेलेको छ । हात्तीको झुण्डले घर भत्काउन थालेपछि ज्यान जोगाउन घर छाडेर भागेको र भोलिपल्ट घर आउँदा घरमा भएको अन्न, लत्ताकपडा सबै नष्ट पारेको पिडितले बताए । यसरी हात्तीले नोक्सान गर्दा त्यहाँका स्थानीयबासिन्दा त्रसित भएका छन् ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

झडपमा प्रहरीसहित तीन जना घाइते

धादिङ । सबैभन्दा ठूलो एकादशी जात्राको मेलामा गोरखा र धादिङका समूहबीच झडप भएको छ । ...