बाँके । बाँकेको बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हुँदा दुई पक्षबीच भएको छ ।
भैलो खेल्ने क्रममा मदिरा सेवन गरेका दुई युवा समूहबीचको भएको विवाद झडपमा परिणत हुँदा उक्त झडपमा नौ जना घाइते भएका छन् । झडपमा संलग्न भएका १० युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते भएका ९ जनालाई नेपालगञ्ज मेडिकल कलेजमा उपचार गरी घर फर्केका छन् । स्थानीयका अनुसार ती युवाहरु मदिरा, लागूऔषध सेवन गरी दुःख दिने गरेको बताए ।