चोरीको आरोप लगाउँदै कुटपिट

विराटनगर । विराटनगरस्थित होटल एभरेष्ट इनका संचालकले आफ्नो कर्मचार्यलाई बन्धक बनाएर कुटपिट गरेका छन् ।
होटलका संचालक अर्जुन साहले खोटाङको रावाबेँसी गाउँपालिका ३ घर भएका २३ वर्षीय उत्तम श्रेष्ठमाथि कुटपिट गरेका छन् । श्रेष्ठ उक्त होटलमा करिब ५ महिनादेखि मासिक आठ हजार तलब लिई काम गर्दै आएको र केही दिनदेखि विभिन्न किसिमले यातना दिंदै आएको प्रहरीले जनाएको छ ।
तलबबाट कट्टा हुने गरी भौचर भरेर होटेलबाट तीन हजार आठ सय रुपैयाँ लिएर गएको विषयमा कामदार श्रेष्ठलाई बन्धक बनाएर कुटपिट गरेको प्रहरीले बताए । पैसा चोरेको आरोप लगाउँदै कुटपिट गरेको र एक महिना भित्रमा ५० हजार रुपैयाँ तिर्न जबरजस्ती कागजसमेत गराइएको श्रेष्ठले बताए । साहले काम गरे बापत मासिक रुपमा दिनु पर्ने तलब समयमा नदिने, कामदारलाई विभिन्न यातना दिने, ग्राहकका लागि यौनकर्मी खोज्न दबाब दिने जस्ता दुव्र्यवहार गरेको अन्य कर्मचारीले बताए । साहलाई कारवाही गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

लोक दोहोरी “चरी मैना” बजारमा

नेपाली लोक संगीत बजारमा नयाँ लोक दोहोरी “चरी मैना” आम दर्शकमाझ आएको छ । चर्चित ...

Translate »