काठमाडौं । पाल्पाको रिब्दीकोट–७ पालुङमा जीप दुर्घटनामा परी एकको मृत्यु भएको छ ।
ठिमुरेबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज १४९६ नम्बरको जीप रिब्दिकोट गाउँपालिका ७ पालुङ मैनादीमा दुर्घटना हुँदा ५२ वर्षीय मिनबहादुर गाहाको मृत्यु भएको छ भने सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाईते हुनेहरुमा १८ वर्षीया विमला कुवँर, १४ वर्षीया निरुता कुमारी गाहा, ४७ वर्षीया टुकी कुमारी गाहा, २९ वर्षीया सिता कुमारी गाहा, ८२ वर्षीय कुल वहादुर कुवँर र १९ वर्षीया लोकमाया गाहा कुवँर रहेको छ भने उनीहरुको युनाइटेड मिसन अस्पताल तानसेन र लुम्बिनी मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।