ट्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु सहित तेतीस जना घाइते

उदयपुर । उदयपुरमा वनभोज खाएर फर्कदै गरेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा ५ जनाको अवस्था गम्भीर छ भने २८ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा १९ वर्षीया विनिता चौधरी, २० वर्षीय इन्द्र चौधरी र २० वर्षीया दीपीका चौधरी रहेको मृत्यु भएको छ भने घाइतेहरुको बिपी कोइराला धरानमा उपचार भइरहेको प्रहरी इलाका प्रहरी कार्यालयले जनाएको छ ।
विराटनगर । विराटनगरमा नाम चलेका पाँच उद्योगीलाई तास खेल्दै गर्दा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले स्वस्तिक जुट मिलका ६९ वर्षीय राठी, ५० वर्षीय जीवन रिजाल, चिउरा मिल र तोरी तेलको मिलबाट ५१ वर्षीय मुकेशकुमार अग्रवाल, धान चामलको कारोबार गर्ने विमल अग्रवाल र ३८ वर्षीय व्यवसायी हंशराज जैनलाई गोदामघरमा तास खेलिरहेको अवस्थामा पक्राउ गरेका हुन् ।
१७ बुक ताससहित एक लाख ९० हजार एक सय ४० रुपैयाँ रकमसमेत बरामद गरेको प्रहरीले जनाएको छ । उद्योगी व्यवसायीले गोदामघरलाई तास खेल्ने अखडा बनाइरहेको सूचनाको आधारमा छापा मार्दा पाँच जना पक्राउ गरेको प्रहरी जानकारी दिए । उनीहरुलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ को जुवा ऐन अन्तर्गत मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भारतीय नागरिकलाई नागरिकता बनाएको आरोपमा वडा सचिवमाथि मुद्धा

काठमाडौं । विराटनगर महानगरपालिका १ की वडा सचिव पुष्पा तिम्सिनाले भारतीय नागरिकलाई नागरिकताको सिफारिस गरिदिएको ...