काठमाडौं । ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएँ तिमीलाई’ गीतले चर्चा पाएकी अञ्जु पन्तको पोष्टर टाँसेर मुस्ताङको ठाउँठाउँमा इसाई धर्म प्रचार गरिएको छ ।
पोष्टरमा प्रवेश निःशुल्क लेखिएको छ भने वरिष्ठ गायिका अञ्जु पन्त भन्दै फोटो राखिएको छ । आयोजकहरुको नाममा IFGF नेपाल र मुस्ताङ इसाई समुदाय लेखिएको छ । IFGF भनेको International Full Gospel Fellowship को छोटो रुप हो । मुस्ताङमा पछिल्लो पटक जनगणना हुँदा १३ हजार ४५२ जनसंख्यामा सबभन्दा बढी ८ हजार बौद्ध धर्मावलम्बी, हिन्दु ५ हजार र क्रिश्चियन १ सय ५२ जना रहेको थियो । उक्त कार्यक्रममा अतिथिका रुपमा दानियल हानाफीलाई राखिएको छ हानाफी इसाई धर्म प्रचारक हुन् र नेपालसँगै भारत, पाकिस्तान, अफ्रिका क्षेत्रको प्रत्यक्ष सुपरभाइज पनि हुन् ।
नेपालमा इसाई धर्म परिवर्तन गर्नेहरु मध्ये अधिकांश रोग निको हुनेबाट प्रभावित भई यस धर्ममा लाग्ने गरेको छ । अन्जु पन्तले आफू इसाई धर्मावलम्बी भएको सार्वजनिक पनि गरिसकेकी छिन् ।