23 Sep 2023, 6:38 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

अवैध लागू औषधसहित एक भारतीय नागरिक पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिकामा सञ्चालन हुँदै आएको आनन्द इट्टा उद्योगमा अवैध गाँजाको कारोबार हुने गरेको खुलासा भएको छ । उक्त उद्योगका सञ्चालक नगरपालिकाका मेयर दिलिप बगडिया रहेको प्रहरीले जानकारी दिएको छ ।
उद्योगमा काम गर्ने कामदारले लागु औषध गाँजा साढे दुई केजी सहित एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । उद्योगभित्र क्यान्टिन चलाउने हेमन्त बर्मनले गाँजाको कारोबार गर्नेे र गोप्य रुपमा गाँजा माग गर्ने गरेको प्रहरीले जनाएको छ । हेमन्तले उद्योगका कामदारहरुलाई गाँजा भरेर एक चिलिमको भारु ५० रुपैयाँ लिई बिक्रि गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । पक्राउ परेका भारतीय नगरिकलाई लागूऔषध अन्तर्गत म्याद थप भई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: