उदयपुर । जिल्ला प्रशासन कार्यालय उदयपुरले भारतीय नागरिकले नागरिकता पाएको विषयमा छानबिन सुरु गरेको छ ।
सदरमुकाम त्रियुगा नगरपालिका १० बोक्सेका दिलमोहम्मद की ३१ वर्षीया छोरी लजिना खातुन अबिबाहित रहेको भन्दै गत वर्ष नागरिकता प्रमाणपत्र लिएको पाइएपछि प्रशासन कार्यालयले छानबिन शुरु गरेको हो ।
तत्कालीन प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेको ०५२३० नं. को नागरिकता दिनुअघि अभिभावकको अनुसूची फाराम, १० नं. वडा कार्यालयको सिफारिस, प्रहरीको गाउँ सर्ज्मिन मुचुल्का लगायत सबै प्रक्रिया पुगेको पाइएको छ भने वडा कार्यालयबाट सिफारिस भएर आएको नागरिकता फाराम पुष्टि गर्न प्रहरी सर्जमिन मुचुल्का गर्न लगाएर मात्र नागरिकता दिइएको पाइए पनि विदेशीले लिएको भन्ने खवर पाएपछि छानविन प्रक्रिया अघि बढाएको प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले बताए ।