घुससहित राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारी पक्राउ

बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाको टोलीले राष्ट्रिय अनुसन्धान कार्यालयका एक कर्मचारी घुससहित पक्राउ गरेका छन् ।
गुलरिया नगरपालिका–६ स्थित रहेको मिन्सु सेवा क्लिनिकबाट २० हजार रुपैयाँसहित सहायक सूचक दीपेन्द्र पनेरुलाई पक्राउ गरेको हो । पनेरुले भारतीय ब्राण्डका औषधि बेच्न पाउने लाइन बापत भन्दै पटक पटक पैसा मागेर सताउने गरेको मिन्सुसेवा क्लिनिकले बताए । पनेरुलाई बर्दियाको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले बताएका छन् ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

कृषि सहकारीहरुलाई अनुदान दिने तयारी ः बाँस्कोटा

काभ्रे । मंगलबार काभ्रेको बनेपामा जिल्ला सहकारी संघले ६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदान ...

Translate »