26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

अष्ट्रेलियामा आँधीका कारण जनजीवन कष्टकर, आकाशको रंग नै परिवर्तन

अष्ट्रेलियामा धुलोसहितको आँधीका कारण जनजीवन कष्टकर बनेको छ । अष्ट्रेलियाको न्यू साउथ वेल्स क्षेत्रबाट सुरु भएको धुलोसहितको आँधीले सिड्नी आसपास बसोबास गर्ने सर्वसाधारणहरुलाई स्वास्थ्यमा नराम्रो असर पार्ने भनेर अधिकारीहरुले सावधान गराएका छन् ।


आँधी ५ सय किलोमिटर चौडा धुलोसहित फैलिएको कारण यसबाट सबैले सावधान रहन चेतावनी दिइएको छ । यस आँधीको कारणले न्यू साउथ वेल्सका धेरैजसोे क्षेत्र हेर्न मुस्किल रहेको छ । मौसम अधिकारीहरुका अनुसार अगस्ट महिनादेखि न्यू साउथ वेल्स क्षेत्रको भित्री राज्यमा परेको खडेरीका कारण यो समस्या आएको र अष्ट्रेलियाको आकाशको रङ्ग बदलिएको बताए । अहिले त्यहाँको आकाशको रङ्ग पनि रातो देखिन थालेको छ ।
विशेष गरी स्वासप्रश्वाससम्बन्धी समस्या भएका बालबालिका, वृद्ध तथा वयस्क सबैलाई आँधीबाट बच्न स्वास्थ्य अधिकारीहरुले आग्रह गरेका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

76 died in a single day due to Corona virus

Kathmandu : At least 76 people have died in Australia on the same day. Most ...

Translate »
%d bloggers like this: